सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।
रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार