बुधबार, जेष्ठ २ २०८१

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, १ जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, १ जना घाइते


  • सक्रियखबर
  • आइतबार, माघ ८ २०७९

  • सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

    दुर्घटनामा घाइते भएका उनीहरूकाे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।

    जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार