नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ रुपैयाँ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० रुपैयाँ कायम थियो ।
