Logo

२०८३, मंसिर २ गते | Nov 18 2026

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व

आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो पर्व समापन हुनेछ।

    छठ पर्वको मुख्य विधिअन्तर्गत व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ दिएका छन् ।

    छठका विधि कात्तिक शुक्ल चतुर्थीबाट सुरू हुन्छन्। पहिलो दिन स्नान गरेर शुद्ध भोजन गरिन्छ। दोस्रो दिन दिनभर व्रत बसेर साँझ सखरको खिर प्रसादका रूपमा खाने चलन छ। त्यसपछि उपवास सुरू हुन्छ। तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ।

    छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend