सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हाे ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सामाजिक मर्यादा उल्लंघन गरेकाे भन्दै टिकटकमाथि प्रचण्ड सरकारले प्रतिबन्ध लगाएकाे थियाे ।
पछिल्लाे समय टिकटकले नेपालकाे कानुन मान्ने भन्दै प्रतिबद्धता जनाएपछि सरकार टिकटककाे प्रतिबन्ध हटाउने निर्णयमा पुगेकाे हाे ।
