बिहिबार, जेष्ठ ३ २०८१

माइनस २२ डिग्री सेल्सियस पुग्याे मनाङको तापक्रम

माइनस २२ डिग्री सेल्सियस पुग्याे मनाङको तापक्रम


  • सक्रियखबर
  • बिहिबार, माघ ११ २०८०

  • हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ ।

    माघ लागेसँगै तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

    प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्ण रूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।’ चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।

    मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार