आइतबार, जेष्ठ ६ २०८१

वानएक्स बेटमा सट्टेबाजी गर्ने कलाकार बल्छी ध्रुवेसहित आठजना पक्राउ

वानएक्स बेटमा सट्टेबाजी गर्ने कलाकार बल्छी ध्रुवेसहित आठजना पक्राउ


  • सक्रियखबर
  • बिहिबार, जेष्ठ ३२ २०८०

  • प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

    वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमध्ये ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठसमेत छन् ।

    पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार