बुधबार, जेष्ठ २ २०८१

५ वर्षमुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

५ वर्षमुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


  • सक्रियखबर
  • बुधबार, बैशाख ६ २०८०

  • सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

    ६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।

    आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

    सरकारले हरेक ६/६ महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार