बिहिबार, जेष्ठ ३ २०८१

थप १०६ जनामा काेराेना सङ्क्रमण पुष्टि

थप १०६ जनामा काेराेना सङ्क्रमण पुष्टि


  • सक्रियखबर
  • बिहिबार, चैत्र ३० २०७९

  • पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १ हजार ४ सय ८८ जनाकाे नमुना परीक्षण गर्दा १ सय ६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

    यस्तै  पछिल्लाे २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् ।

    अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय ३५ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

    केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार