आइतबार, जेष्ठ ६ २०८१

अभिनेता पल शाहले पाए सफाइ

अभिनेता पल शाहले पाए सफाइ


  • सक्रियखबर
  • आइतबार, फाल्गुन १४ २०७९

  • अभिनेता पल शाहले सफाइ पाएका छन् ।

    जिल्ला अदालत नवलपुरको फैसला उल्ट्याउँदै उच्च अदालत पोखराले आइतबार अभिनेता शाहलाई सफाइ दिएको हो । बाल यौन दुर्व्यवहारको मुद्दामा अभिनेता शाहले तनहुँ जिल्ला कारागारमा जेल सजाय काटिरहेका थिए ।

    उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् ।

    शाहलाई गत भदौ १० मा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले बलात्कार अभियोगबाट सफाइ दिए पनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार