आइतबार, जेष्ठ ६ २०८१

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै


  • सक्रियखबर
  • मंगलबार, फाल्गुन २ २०७९

  • आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै छ ।

    हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने प्रणय दिवस पछिल्लो समय नेपालमा पनि मनाइने गरेको पाइन्छ । विशेषगरी युवा वर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।

    इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । भ्यालेन्टाइन्स डेका दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने प्रचलन छ । प्रेम अभिव्यक्त गर्न गुलाबको फूल प्रयोग हुने भएकाले आजको दिनमा फूलको कारोबार बढी हुने गर्छ ।

    अहिले विश्वभर युवा युवतीले विशेष महत्त्वका साथ मनाउने भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमबाट भएको हो ।

    मध्य युगमा इङ्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

    यस्तै, प्राचीन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किंवदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।

    विशेष गरी भ्यालेन्टाइन्स डे को औपचारिक सुरुवात इस्वी संवत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दु:खान्त प्रेमकथा जोडिएको छ ।

    तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

    तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

    जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेरकी छोरीलाई दिएको कथन छ ।

    उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो ।

    भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको २ सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इङ्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार