आइतबार, जेष्ठ ६ २०८१

नेपाली वृत्तचित्र डढेलोले पायाे अन्तर्राष्ट्रिय अवार्ड

नेपाली वृत्तचित्र डढेलोले पायाे अन्तर्राष्ट्रिय अवार्ड


  • सक्रियखबर
  • बिहिबार, माघ २६ २०७९

  • नेपाली वृत्तचित्र डढेलोले अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएको छ ।

    श्यामसन फिल्म प्रोडक्सनको ब्यानरमा भिडियो पत्रकार श्याम कार्कीले निर्माण गरेकाे नेपाली वृत्तचित्र डढेलो हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा उत्कृष्ट भई अवार्ड पाउन सफल भएको हाे । जसमा विभिन्न देशका १०० भन्दा बढि वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए ।

    श्यामसन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमा गरि ३० वटा भन्दा बढि फिल्म फेस्टीबलमा सहभागिता जनाएको छ । उक्त वृत्तचित्रले काठमाडौँमा भएको पर्वतिय चलचित्र महोत्सव (KIMFF) वृत्रचित्रमा जलवायु परिर्तन सम्बन्धी विधामा दोस्रो हुन सफल भएको थियो ।

    त्यस्तै अस्ट्रेलियाको (Dare to struggle) सट फिल्म फेस्टीबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । साथै नेपाल अमेरिका फिल्म फेस्टीबलमा पनि उक्त वृत्रचित्र (Specially mention Award) पाउन सफल भएको थियो ।

    यो वृत्तचित्र सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर परेको छ, जल वायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण यस वृत्तचित्रमा देख्न सकिन्छ ।

    वृत्तचित्र निर्देशक श्याम कार्की विगत लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र बनाउने कार्यमा अनवरत रुपमा लागि लागिरहेका छन् । त्यसैगरि कार्की पूराना भिडियो टेपहरुलाई डिजिटल फर्म्याटमा परिवर्तन गर्ने काम पनि गर्ने गर्दछन ।

    ट्रेलर भिडियाे हेर्नुहाेस् : 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार