बुधबार, जेष्ठ २ २०८१

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग


  • सक्रियखबर
  • बिहिबार, मंसिर २९ २०७९

  • निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

    राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

    आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।

    प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम छ । आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ ।

    ४ मंसिरमा भएको चुनावबाट प्रत्यक्षमा प्रतिनिधिसभामा १६५ र प्रदेशमा ३३० जना विजयी भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा ११० र ७ प्रदेशमा २२० गरी ३३० सांसद विजयी भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार