बुधबार, जेष्ठ २ २०८१

समानुपातिक मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए मत ?

समानुपातिक मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए मत ?


  • सक्रियखबर
  • मंगलबार, मंसिर २० २०७९

  • मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ ।

    मंगलबार बिहान ०५ः५० सम्म एक करोड चार लाख ७८ हजार ७३५ मतगणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ ।

    जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ । यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।

    माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । यस्तै गतिमा मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ ।

    प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार