बुधबार, जेष्ठ २ २०८१

स्याङ्जा-२ मा एमालेकी पद्‌मा अर्यालको अग्रता

स्याङ्जा-२ मा एमालेकी पद्‌मा अर्यालको अग्रता


  • सक्रियखबर
  • बिहिबार, मंसिर १५ २०७९

  • प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा–२ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन ।

    उनले दुई हजार ३०४ मत पाएकी छन् । उनलाई पछ्याइहरेका नेपाली कांग्रेसका धनराज गुरुङले एक हजार ७०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाएका छन् ।

    स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको हाे । निर्वाचन आयोगको निर्देशनपछि बुधबार  राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।

    चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार