बुधबार, जेष्ठ २ २०८१

कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु


  • सक्रियखबर
  • मंगलबार, कार्तिक २२ २०७९

  • मुगुबाट सुर्खेत आउँदै गरेको जिप कालीकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।

    उनका अनुसार जिपमा १० जना सवार थिए । ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो,’ नेपालले भने ।

    घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार