बुधबार, जेष्ठ २ २०८१

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार


  • सक्रियखबर
  • बिहिबार, कार्तिक १७ २०७९

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

    गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

    गोली प्रहारबाट खान घाइते भएको बताइएको छ । पाकिस्तानी प्रहरीले उनी सुरक्षित रहेको जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले गोली प्रहार गरेको आरोपमा एक जनालाई पक्राउसमेत गरेको छ । तर, कसले किन गोली चलायो भन्ने विषय खुलेको छैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार