बिहिबार, जेष्ठ ३ २०८१

गुजरातमा पुल खस्दा १४१ जनाको मृत्यु

गुजरातमा पुल खस्दा १४१ जनाको मृत्यु


  • सक्रियखबर
  • सोमबार, कार्तिक १४ २०७९

  • भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

    मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।

    अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार