बुधबार, जेष्ठ २ २०८१

बेलायती प्रधानमन्त्री ट्रसले डेढ महिनामै दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री ट्रसले डेढ महिनामै दिइन् राजीनामा


  • सक्रियखबर
  • बिहिबार, कार्तिक ३ २०७९

  • बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । पदमा नियुक्त भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन् ।

    ४१ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभन्न टिकाटिप्पणी भइरहेको थियो । केही दिनयता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले राजीनामा दिन दबाद दिइरहेका थिए ।

    उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवाद बढ्दै गएपछि कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दिन दबाब दिएका थिए ।

    पछिल्लोपटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री ट्रसको राजीनामा मागेकी थिइन् । उनले ट्रसको स्थिति प्रधानमन्त्रीका रूपमा रहिरहन नसक्ने रहेको बताएकी थिइन् ।

    यसअघि, बुधबार राति बेलायतका गृहमन्त्री सुएला ब्रेवरम्यानले राजीनामा दिएकी थिइन् । उनको स्थानमा पूर्वपरिवाहनमन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार