बुधबार, जेष्ठ २ २०८१

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


  • सक्रियखबर
  • बुधबार, असोज १२ २०७९

  • सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जाँदै गरेकाे जिप मूलपानीनजिकै दुर्घटनामा परेकाे हाे ।

    दुर्घटनामा आठ जनाकाे घटनास्थलमै मृत्यु भएकाे र एक जना घाइतेलाई उपचारका लागि दाङ पठाइएकाे कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् ।

    घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जीपमा चालकसहित ९ जना थिए । जीप सडकबाट करिब ७० मिटर जति तल खसेको स्थानीयले बताएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार