बुधबार, जेष्ठ २ २०८१

भारतले धान चामल निर्यातमा भन्सार बढायाे, कनिका निर्यातमा रोक

भारतले धान चामल निर्यातमा भन्सार बढायाे, कनिका निर्यातमा रोक


  • सक्रियखबर
  • शुक्रबार, भाद्र २४ २०७९

  • विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको छ ।

    आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि र कनिका निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    यसैबीच भारतले धान चामल निर्यातमा गरेको भन्सार वृद्धि र कनिका निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजार पनि प्रभावित हुने भएको छ ।

    भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको भाउ बढ्नेछ भने कनिका निर्यातमा लगाइएको रोकले जाँड–रक्सी, दानालगायतका उत्पादनमा असर पर्नेछ । मुख्य चाडबाडकै बेला भारतले गरेको करवृद्धिका कारण नेपाली बजार प्रभावित हुने देखिन्छ ।

    विश्वव्यापी चामल व्यापारको ४० प्रतिशत हिस्सा ओगटेको भारतको यो निर्णयले भोकमरी र बढ्दो खाद्य संकट तथा बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेका देशहरूमा थप दबाब दिनेछ । एसियाले मात्रै विश्वको ९० प्रतिशत धान उत्पादन र खपत गर्छ । भारतले चामलको निर्यात शुल्क बढाउनुभन्दा अघि गहुँ र चिनीमा निर्यात प्रतिबन्ध लगाएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार