बुधबार, जेष्ठ २ २०८१

लकडाउन : महामारीका बीच हाम्रो जीवनयापन र कठिनाई (ब्लग)

लकडाउन : महामारीका बीच हाम्रो जीवनयापन र कठिनाई (ब्लग)


  • साजन पाठक
  • बिहिबार, साउन २१ २०७८

  • कोरोना भाइरसले पूरा दुनियाँलाई त्रसित बनाए सँगै मानिसको दैनिक क्रियाकलापमा पनि निकै परिवर्तन ल्याएको छ । अहिलेको अवस्थामा जीवनयापन गर्न निकै गाह्रो भएको छ ।

    कोरोना भाइरस आएदेखि मैले धेरै नै नयाँ कुरा सिक्न पाएको छु । मेरो व्यक्तिगत जीवन साथै विश्व भरिका मानिसहरुको जीवनमा कठिनाई आएको छ । महामारीले गर्दा धेरै कामहरु समयमा भइरहेको छैन । यस्तो महामारीले गर्दा म एउटा कोशी युवा सञ्जालको अध्यक्षको हैसियतले आफ्नो समूहसँग मिलेर करिव ३०० परिवारमा केहि दिनको रासन, लुगा लगायत अति आवश्यक वस्तु वितरण ग¥यौँ र आगामी दिनमा पनि यस्तो सहायताको लागि अगाडी बढ्ने छौँ । आफ्नो वरिपरिका कोही मानिस पिडित छ भने सकेसम्म सहायता गर्नुहोला भनी म अरुहरु सँग पनि अनुरोध गर्न चाहन्छु ।

    महामारीले गर्दा अहिले देश भरिमै लकडाउन लगाइएको छ । लकडाउनले गर्दा मानिसको आयस्रोतमा निकै परिवर्तन भयो । व्यापार गर्नेहरुले समेत निकै कठिनाई भोग्नुपरेको छ । कतिपयले त आफ्नो जागिर पनि गुमाएका छन् । यस्तो बेलामा हामीले एकअर्कालाई सहायता गरेर महामारी सँग लड्नुपर्ने अवस्था छ ।

    मानिसहरु अहिले आफ्नो जीवन र मृत्युको बिच लडिरहेका छन् । कतिपयले आफ्नो ज्यान समेत गुमाइसकेका छन् । यस्तो बेलामा अहिले हाम्रो मुख्य उद्धेश्य आफू बाँच्नु र अरुलाई बचाउनु हो । आफ्नो लागि र अरुको लागि पनि हामीले सकेसम्म सामाजिक दुरी कायम गरि माक्स र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ ।

    देशमा अहिलेको अवस्था निकै जोखिमपूर्ण छ । अस्पतालहरुमा आइसियु, भेन्टिलेटर र अक्सिजनको अभावको कारण हजारौँले आफ्नो परिवार गुमाइसकेका छन् । त्यसैले हाम्रो सांसदहरुले पनि सबैलाई भ्याक्सिन लगाउन र आवश्यक सामाग्री उपलब्ध गराउनको लागि पहल गर्नुपर्छ ।

    आम जनतालाई आफ्नो व्यापार बन्द गरेर निषेधाज्ञा पालना गर्नुपरेको छ तर सरकारी काम काज तथा राजनैतिक कार्यक्रमहरुको लागि अझै पनि भेला भई नारा निकालेको देखेको छु । मैले आफ्नो २१ वर्षको जीवनमा यस्तो महामारी र कठिनाई पहिलो पल्ट देख्दै छु ।

    यसले व्यापार मात्र होइन, विद्यार्थीहरुको जीवनमा पनि निकै नोक्सान पु¥याएको छ । जसले यस्तो बेला लापरवाही गर्छ, उसले आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो । त्यसैले जस्तोसुकै कठिनाई आएपनि हामीले मिलेर लड्न सिक्नुपर्छ र महामारीलाई हराउनु हाम्रो उद्धेश्य हुनुपर्छ ।

    म आफ्नो व्यक्तिगत रुपले हरेक पल पिडितलाई सकेसम्म सहायता गर्न तयार रहने छु । हामी सबै मिलेर महामारीलाई अवश्य नै हराउने छौँ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार