बुधबार, जेष्ठ २ २०८१

तेस्रोलिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण (ब्लग)

तेस्रोलिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण (ब्लग)


  • मञ्जु थापा
  • आइतबार, साउन १० २०७८

  • जब म बाल्यकाल अवस्थामा थिए । त्यो बेला मलाई सबै कुराको ज्ञान थिएन। के गलत हो, के सही आफ्नै तालमा रमाउने गर्थे । त्यतिबेला मानिस भनेको महिला र पुरुष मात्र हो भन्ने सोच्ने गर्थे ।

    एकदिन साथीहरुसँग खेल्दै गरेको समयमा परबाट २-४ जना मानिसहरु हल्ला गर्दै आएको देखें । उनीहरु आफ्नै तालमा गाउँदै रमाउदै ताली बजाउँदै गरेका थिए । उनीहरुको शरिर हेर्दा पुरुष जस्तो थियो भने पहिरन  महिलाको थियो । त्यही बेला पछाडिबाट छिमेकीले घर जाउ केटाकेटीहरु नत्र तिनीहरूले लैजान्छन् भनेको सुनेर हामी डरले घरतिर भाग्यौं ।

    साँझतिर र त्यही कुरा सम्झदै थिए । किन छिमेकी आन्टीले घर जाउ भन्नु भएको होला ? को हुन् र उनीहरु ? प्रश्न गर्दै थिए आफूसँग । प्रश्न जिज्ञासा बनेर बाहिर आयो र मैले  आमालाई सोधे । आमाले उनीहरू तेस्रोलिंगी हुन् भनेर जवाफ दिनुभयो । पहिलोपटक तेस्रोलिङ्गी को बारेमा सुन्दा मेरो जिज्ञासा  अझै बढेर आयो । मैले फेरि आमालाई तेस्रोलिङ्गी भनेको को हुन् नि भनेर प्रश्न गरे । आमाले पृथु लिङ्गी भनेको महिला र पुरुष दुवैको बानीव्यहोरा भएका मानिस हुन् भन्ने जवाफ दिनुभयो । त्यही बेला मैले मानिसहरु महिला र पुरुष मात्र नभई तेस्रोलिङ्गी हरु पनि हुन् भन्ने थाहा पाए ।

    बाल्यकाल का ति दिनहरु जब कुनै तेस्रो लिङ्गी मानिस देख्दा डरले लुक्ने गरेको उनीहरु जस्तै नक्कल गरेर साथीहरुसँग  मजाक उडाएको सम्झदा अहिले धेरै नराम्रो लाग्छ । हाम्रो समाज जहाँबाट बालबालिकाहरुले धेरै ज्ञान शिक्षा प्राप्त गरेका छन्, सही गलत छुट्याउन सक्ने बनेका छन् । त्यही समाजले तेस्रोलिंगीलाई एउटा हासोको पात्र बनाइदिएको छ । हाम्रो गाउँ समाज पहिलाभन्दा धेरै विकसित र परिवर्तन भएको छ तर अझै पनि हाम्रो समाजका मानिसहरूले तेस्रोलिंगी व्यक्तिहरूलाई दबाउँदै आएका छन् ।

    कुनै महिलालाई कुटपिट भयो भने मानिसहरु उसको न्यायिक लागि आन्दोलन गर्छन् महिला पुरुष बिच समानता हुनुपर्छ महिलाले समान हक, अधिकार पाउनुपर्छ भन्दै नारा लगाउँछन् तर खै ति तेस्रोलिंगी व्यक्तिहरूका लागि अधि उभिएको, खै तिनीहरूले महिला पुरुष बराबर हक अधिकार स्वतन्त्र पाउनुपर्छ भन्ने माग गरेको । समाजका अगुवा व्यक्तिहरुले तेस्रोलिङ्गीलाई सम्मान गर्नुपर्छ भन्दै हिँड्छन् तर अहिले हेर्ने हो भने ती भन्ने अगुवा डा व्यक्तिहरुले नै तेस्रोलिंगीलाई देख्नेबित्तिकै घरभित्र लोक्ने गर्छन्। एकपटक राम्ररी नाच अनि धेरै पैसा दिन्छु भन्ने गर्छन् र विभिन्न किसिम को नाम लिएर बोलाउने गर्छन् ।

    हरेक सार्वजनिक ठाउँमा हेर्ने हो भने एकतर्फ महिला र आर्को तर्फ पुरुष लेखिएको शौचालय हुन्छ । कुनै तेस्रोलिङ्गीले  शौचालय प्रयोग गर्नुपर्यो भने कुन   शौचालय प्रयोग गर्ने  प्रश्न यहाँ पनि उठ्छ । जुन शौचालयमा जाँउ सबैले जिस्काउने गर्छन्, आखिर कहिलेसम्म तेस्रोलिंगी अपमानित हुँदै बस्नुपर्ने ? समाजले तेस्रोलिङ्गी व्यक्ति को परिचय बच्चाहरूबच्चाहरुलाई डराउने, हासोको पात्र भनेर दिएका छन् ।

    तेस्रो लिङ्गी व्यक्तिहरू पनि मानिसहरु हुन् । उनीहरु भित्र पनि भावना हुन्छ । मानिसले विभिन्न नामबाट उनीहरुलाई बोलाउने गर्छन् उनीहरूले गर्ने हाउभाउको नक्कल गरेर जिस्काउने गर्दा उनीहरूको भावनामा चोट पुग्छ ।

    एउटा कोखबाट जन्मिएको बच्चा तेस्रो लिङ्गी छ भने उसलाई समाजमा थाहा भयो भने बेजत हुन्छ भनेर घरबाट निकालिदिने गर्छन् । तेस्रोलिंगीलाई कुनैपनि परिवारले स्वतन्त्र रूपमा अपनाएको हुँदैन । उनीहरुको आफ्नै पहिचान लुकाएर बस्न बाध्य भएका छन् । उनीहरु स्वतन्त्र रुपमा महिला र पुरुष जस्तै गरी बस्न पाएका छैनन् । जसरी महिला पुरुषको सम्मान हकअधिकार को कुरा गर्छौ त्यसमा तेस्रोलिंगी लाई पनि  जोडन आवश्यक छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार