Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

ओलीको रिहाइको माग गर्दै एमालेको देशैभर विरोध प्रदर्शन

ओलीको रिहाइको माग गर्दै एमालेको देशैभर विरोध प्रदर्शन

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमाले आज पनि विरोध प्रदर्शनमा उत्रिएको छ । 

    काठमाडौंजस्तै देशैभरका जिल्ला कमिटीले ओली पक्राउको विरोध र रिहाइको माग गर्दै सरकारलाई सीडीओमार्फत ज्ञापनपत्र बुझाउन लागेको हो ।

    ओली पक्राउ परेपछि शनिबार बसेको सचिवालयको आकस्मिक बैठकले विरोध र प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरेको थियो । शनिबार पनि एमालेका नेता कार्यकर्ताले माइतीघर, बबरमहल, सिंहदरबारआसपासमा प्रदर्शन गरेको थियो ।

    माइतीघरबाट सीडीओ कार्यालयतर्फ अघि बढ्ने क्रममा प्रहरीले सडक विभागमै ब्यारिकेट राखेर रोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend