नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे नेकपाकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेकाे हाे ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।
