Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेल र ग्यासको मूल्य निरन्तर वृद्धि

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेल र ग्यासको मूल्य निरन्तर वृद्धि

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेल (पेट्रोल)को मूल्य निरन्तर उकालो लागेको छ ।

    ब्रेन्ट क्रुड तेलको मूल्य करिब १.९ प्रतिशत बढेर ७९.२५ प्रतिब्यारेल अमेरिकी डलर पुगको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी बजारमा व्यापार हुने तेल पनि करिब १.५ प्रतिशतले बढेको छ ।

    अमेरिका र इजरायलले आइतबार–सोमबार इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल र ग्यास मूल्यमा ठूलो वृद्धि आएको छ ।

    प्राकृतिक ग्यासको मूल्य सोमबार अचानक बढेको छ । विश्वकै ठूलो निर्यातकर्ता कतार एनर्जीले आफ्नो उत्पादन रोक्न बाध्य भएको जनाएको छ ।

    पश्चिम एसियामा युद्ध सुरु हुनुअघि शुक्रबार तेलको मूल्य प्रतिब्यारेल ७३ अमेरिकी डलर कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend