Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये १ जनाको शव भेटियो

सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये १ जनाको शव भेटियो

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये एकजनाको शव फेला परेको छ । 

    विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

    उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend