Logo

२०८३, मंसिर ३ गते | Nov 19 2026

मुग्लिन-आबुखैरेनी सडकखण्ड चार घन्टा अवरुद्ध

मुग्लिन-आबुखैरेनी सडकखण्ड चार घन्टा अवरुद्ध

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज चार घण्टाका लागि बन्द गरिएको छ ।

    आँबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भारतीय बस दुर्घटना भएकोमा उक्त बस निकाल्नका लागि आज बिहान साढे ६ बजेदेखि चार घण्टाका लागि आवागमन रोकिएको हो ।

    राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

    शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ ।

    पोखराबाट काठमाडौंतफ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend