Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

धनगढीमा देउवा निवास अगाडि शंकास्पद झोला फेला

धनगढीमा देउवा निवास अगाडि शंकास्पद झोला फेला

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • कैलालीको धनगढीमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरअगाडि फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

    पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरको मुलगेट अगाडि कालो झोला शंकास्पद बस्तु राखिएको हो ।

    कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार गए राति १ बजे शंकास्पद वस्तु भेटिएको जानकारी प्रहरीमा आएको थियो ।

    देउवाको घरमा उनका भतिजा सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश देउवा बस्दै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend