Logo

२०८३, आश्विन १८ गते | Oct 04 2026

गायिका टिका प्रसाईंको तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गायिका टिका प्रसाईंको तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ ।

    गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

    नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकी ले   अभिनय गरेका छन् ।

    भिडियोको छायांकन  अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन ।  गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend