बिहीबार धनगढीबाट छुटेको यात्रुबाहक बस डोटीमा दुर्घटना भएको छ ।
शुक्रबार बिहानै भएको उक्त दुर्घटना हुँदा १७ जना घाइते जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
धनगढीबाट दिपायलतर्फ आइरहेको उक्त बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।
सबै घाइतेलाई उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
