Logo

२०८३, मंसिर ३ गते | Nov 19 2026

गुल्मीमा पहिरो पहिराेले घर पुरिंदा चारजनाको मृत्यु

गुल्मीमा पहिरो पहिराेले घर पुरिंदा चारजनाको मृत्यु

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।

    मंगलबार बिहान स्थानीय विष्णु विकको घरमा पहिरो खस्दा दुई वर्षीया बालिका रियन्सी विक, ४५ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक र ६६ वर्षीया मसुरी विकको मृत्यु भएको हो ।

    पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते भएका छन् ।

    गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend