सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले दाबी पेस गर्न दिएको समयअनुसार आइतबार शाहले मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
शाहले कांग्रेस र एमालेको समर्थनमा सरकार बनाउन लागेका हु्न् । शाहको अब दोस्रो कार्यकाल सुरु हुनेछ । यसअघि उनी १४ महिना मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका उनी केन्द्रमा फेरि समीकरण परिवर्तन हुँदा मुख्यमन्त्री बन्न लागेका हुन् ।
